२०८२, ९ माघ शुक्रबार

माओवादीको जननिर्वाचित पुर्व वडा अध्यक्ष एमाले प्रवेस

माओवादीको जननिर्वाचित पुर्व वडा अध्यक्ष एमाले प्रवेस


उदयपुर : नेकपा एमालेले लिएको देश बनाउने संकल्प र एमालेको नीतिलाई बिश्वास गर्दै उदयपुरमा बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको छ ।

समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन नेकपा एमालेले आह्वान गरिरहेका बेला उक्त महत्वपूर्ण आकांक्षालाई पुरा गर्न उदयपुरमा एमाले प्रवेशको लहर चलेको हो । गत चैतमा सम्पन्न एमाले उदयपुरको नवौं जिल्ला अधिबेशन मार्फत भागवत राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भए यता विभिन्न पार्टी परित्याग गरि उदयपुरमा एमालेमा प्रवेश गर्नेको संख्या २ सय ७९ पुगेको अध्यक्ष राउतले जानकारी दिनु भयो ।

आइतबार मात्र नेकपा माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य, त्रियुगा नगर कमिटि सचिव तथा २०७४ मा त्रियुगा नगरपालिका वडा नम्बर १४ बाट निर्वाचित वडा अध्यक्ष कुरुङ राई र नेपाली कांग्रेसकी क्रियाशील सदस्य तथा २०७९ को निर्वाचनमा त्रियुगा नगरपालिका वडा नम्बर १४ को अध्यक्ष पदमा कांग्रेसबाट वडा अध्यक्षको प्रत्यासी रहनु भएकी गीता थापा नेकपा एमाले प्रवेश गर्नु भएको छ । प्रवेश गर्दै वहाँहरूले एमालेको सिद्धान्त, जनताको भावनामा अनुरुप काम गर्ने शैली र नेकपा एमालेको नीति राम्रो लागेर आफुहरु एमालेमा समाहित हुन आएको बताउनु भयो । एमालेमा प्रवेश गर्दै कुरुङ राईले २०६० साल देखी आफु माओवादीमा आबद्ध भएको भन्दै माओवादीमा आफुले गरेका कामको योगदान कहिले पनि नभएको र मुलुकको ठुलो पार्टी एमालेमा आफु समाहित भएको बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य मन्जु चौधरीले अब एमाले उदयपुरलाई पुरानो लाल किल्लाको विरासत फर्काउन कसैले रोक्न नसक्ने दावी गर्नु भयो । उहाँले सिंगो एमाले उदयपुर एक ढिक्का भएर मिसन ८४ सफल गर्ने भन्दै आज प्रवेश गर्नुहुने कुरुङ राई र गीता थापा मिसन ८४ सफल बनाउने थप अर्को पिलर भएको जिकिर गर्दै आफुहरुको अभियानमा होमिन आउनु भएकोमा वहाँहरूलाई बधाई दिनु भयो । एमाले उदयपुरका अध्यक्ष भागवत राउतले पार्टी प्रवेश गर्ने सम्पूर्ण नवआगन्तुकहरुलाई पार्टीले उचित जिम्मेवारी दिने र मिसन ८४ अभियान सफल बनाउने एक भएर लाग्ने बताउनु भयो । अध्यक्ष राउतले एमाले पार्टीको नीति नियम र सिद्धान्त बिपरित गतिबिधि गर्ने जोकोही कारबाहीको भागिदार समेत बन्ने हुँदा सबैले एमालेको विचार र सिद्धान्तमा रहेर काम गर्न समेत आग्रह गर्नु भयो ।

नेकपा एमाले उदयपुर जिल्लाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम एमाले उदयपुर इन्चार्ज समेत रहनु भएकी पार्टी पोलिटब्युरो सदस्य मन्जु चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष भागवाट राउतले गर्नु भएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश कमिटि सचिवालय सदस्य ईश्वरमणी राउत, प्रदेश सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद अमरबहादुर रायमाझी, प्रदेश सदस्य प्रकाश बस्नेत, कान्ता राई, एमले केन्द्रीय सल्लाहाका परिषद सदस्य बैकुण्ठ दाहाल लागतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम एमाले उदयपुरका सचिव टेकबहादुर राउतले संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१, २ भाद्र आईतबार  ५ : ४७ बजे

बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहट जिल्लामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले