२०८२, १८ मंसिर बिहीबार

‘कामचलाउ’ प्रवृत्तिको अन्त्य हुन्छ : उद्योग मन्त्री भण्डारी

‘कामचलाउ’ प्रवृत्तिको अन्त्य हुन्छ : उद्योग मन्त्री भण्डारी


काठ्माण्डौँ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कामचलाउ ढंगबाट काम गर्ने प्रवृत्तिको अन्त्य गरिने बताउनु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पाचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले हरेक काममा पारदर्शिता र उत्कृष्ट परिणाम खोजिने बताउनुभयो । उनले काममा ढिलासुस्ती गर्ने आलटाल गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको भएपनि निजि क्षेत्रसंग प्रतिस्प्रध गर्न नसक्नु दुःखद पक्ष रहेको मन्त्री भण्डारीको भनाई छ ।

मन्त्री भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका सम्पुर्ण निकायलाई निर्देशन दिनुभएको छ ।
मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी दिनुभएको हो । उहाँले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताउनुभयो । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरुले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने उहाँको भनाई छ । उहँले भन्नुभयो ‘अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ । सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरू छन । त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । बिहान आएर हाजिर लगाएर मेरो तलब पाक्यो भन्ने तपाईँहरूले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस् ।

तपाईँहरूले तीन महिना भित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईँहरूले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।’ मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरूको दैनिक कामको मूल्याङ्कन गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : २०८१, ३२ श्रावण शुक्रबार  ६ : २३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको