२०८३, २९ जेष्ठ शनिबार

‘कामचलाउ’ प्रवृत्तिको अन्त्य हुन्छ : उद्योग मन्त्री भण्डारी

‘कामचलाउ’ प्रवृत्तिको अन्त्य हुन्छ : उद्योग मन्त्री भण्डारी


काठ्माण्डौँ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कामचलाउ ढंगबाट काम गर्ने प्रवृत्तिको अन्त्य गरिने बताउनु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पाचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले हरेक काममा पारदर्शिता र उत्कृष्ट परिणाम खोजिने बताउनुभयो । उनले काममा ढिलासुस्ती गर्ने आलटाल गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको भएपनि निजि क्षेत्रसंग प्रतिस्प्रध गर्न नसक्नु दुःखद पक्ष रहेको मन्त्री भण्डारीको भनाई छ ।

मन्त्री भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका सम्पुर्ण निकायलाई निर्देशन दिनुभएको छ ।
मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी दिनुभएको हो । उहाँले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताउनुभयो । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरुले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने उहाँको भनाई छ । उहँले भन्नुभयो ‘अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ । सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरू छन । त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । बिहान आएर हाजिर लगाएर मेरो तलब पाक्यो भन्ने तपाईँहरूले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस् ।

तपाईँहरूले तीन महिना भित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईँहरूले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।’ मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरूको दैनिक कामको मूल्याङ्कन गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : २०८१, ३२ श्रावण शुक्रबार  ६ : २३ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको