२०८३, २४ आश्विन आईतबार

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक


काठमाडौं ।  छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।

परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिएका हुन् । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनशिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका छन् ।

खेलाडीहरुलाई बाधाई दिँदै धमलाले खेलाडीहरुको उच्च प्रर्दशनले नेपाली शान बढेको बताए । विभिन्न विधामा खेलाडीहरु अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् भने, सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १÷१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

यस्तै वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक÷एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् ।

यस्तै सफल पाठक, समिर बस्नेत,रिदम गोलेले १÷१ रजत पदक प्राप्त गर्न सफल भएका हुन् । यस्तै सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २÷२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १÷१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढूंगानाले बताए । 

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार  ११ : ४० बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री