२०८२, ६ असार शुक्रबार

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न : सौर्यको जहाज पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ?

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न : सौर्यको जहाज पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगले निष्पक्ष रुपमा छानबिन गर्नेमा आशंका व्यक्त गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानबिन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै उनले सो आयोगबाट निष्पक्ष छानबिन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताएका हुन् ।

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । तर पूर्व महानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकाले सो आयोगले निष्पक्ष छानबिन गर्छ भनेर विश्वास गर्न नसकिने अध्यक्ष लिङदेनको जिकिर थियो । उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानबिनको जिम्मेवारी दिनेको गरेको भन्दै आपत्ति पनि जनाए ।

अध्यक्ष लिङदेनले भने ‘सो विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन रु भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई अहिले यो छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आइराखेको छ । भनेपछि कुन प्रकारको छानबिन हुन्छ होला रु एउटै मान्छेलाई यस प्रकारको छानबिनको जिम्मेवारी पटक–पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ । म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’ अध्यक्ष लिङदेनले उडानका लागि उपयुक्त नरहेको सो विमान उडान भर्ने काम भएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८१, १३ श्रावण आईतबार  ३ : ३६ बजे

नेपालकै पहिलो ‘फ्लाईओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले

विकासका लक्ष्य प्राप्तीका लागि ठूलो मात्रामा लगानी आवश्यक : अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका

ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका

आजबाट दीपक मनाङेको संसद पद गयो

काठमाडौं: २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको