२०८२, १६ माघ शुक्रबार

किताब पढाैँ : प्रधानमन्त्री केपी शर्मा ओली

किताब पढाैँ : प्रधानमन्त्री केपी शर्मा ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई किताब पढ्ने बानी बसाल्न अनुरोध गर्नुभएको छ ।
मदन पुरस्कार गुठीले सार्वजनिक गरेको २०८० का श्रेष्ठ सूचिका पाँच पुस्तक प्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीले आफ्ना धेरै बानी परिवर्तन भए पनि युवादेखिको पढ्ने बानी भने परिवर्तन नभएको उल्लेख गर्नुभएको छ ।
उहाँले मदन पुरस्कार गुठीको श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई पनि दिनुभएको छ । ‘युवाकालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन्, तर पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत् छ, थोरै समय पाउँदा पनि पुस्तक पढ्छु, भर्खरै मदन पुरस्कार गुठीले २०८० सालको श्रेष्ठ सूची सार्वजनिक गरेको छ, यस मध्ये मुकाम रणमैदान मैले पढेको छु, अरू पढ्न बाँकी छ, श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकहरूलाई बधाई, पुस्तक पढ्ने बानी बसालौँ’, प्रधानमन्त्रीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
यस वर्ष मदन पुरस्कार गुठीले पाँच श्रेष्ठ पुस्तकको सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा नीरवकको सन्त्रासका साठी दिन परेका छन् ।

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार  ११ : ०९ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको