२०८३, २७ भाद्र आईतबार

जेब्राक्रसमै असुरक्षित पैदलयात्री, सरकारको ध्यान जरिबानामै !

जेब्राक्रसमै असुरक्षित पैदलयात्री, सरकारको ध्यान जरिबानामै !


काठमाडौं । नेपालमा सडक दुर्घटनामा पैदलयात्रीको ज्यान जाने क्रम चिन्ताजनक रूपमा बढिरहेको छ। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रीले ज्यान गुमाएका छन्, अर्थात् औसतमा प्रत्येक दुई दिनमा तीन जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ।

हालै ललितपुरको बालकुमारीमा जेब्राक्रसबाट सडक पार गरिरहेकी भोजपुरकी ५५ वर्षीया देवी खत्रीको भ्यानको ठक्करबाट मृत्यु भएपछि सडक सुरक्षामाथि फेरि प्रश्न उठेको छ। नियमअनुसार जेब्राक्रस प्रयोग गर्दा पनि पैदलयात्री सुरक्षित हुन नसकेको भन्दै नागरिकले सरकारको सडक सुरक्षा नीतिको आलोचना गरेका छन्।

सडक सुरक्षाका जानकारहरूका अनुसार दुर्घटना न्यूनीकरणका लागि सुरक्षित सडक, कडा कार्यान्वयन र पैदलमैत्री पूर्वाधार आवश्यक भए पनि सरकार भने ट्राफिक जरिबाना बढाउने अभियानमै बढी केन्द्रित देखिएको छ।

उनीहरूले जरिबाना असुल्नुभन्दा जेब्राक्रसमा पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  ९ : २१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।