२०८३, १० कार्तिक मंगलबार

जेब्राक्रसमै असुरक्षित पैदलयात्री, सरकारको ध्यान जरिबानामै !

जेब्राक्रसमै असुरक्षित पैदलयात्री, सरकारको ध्यान जरिबानामै !


काठमाडौं । नेपालमा सडक दुर्घटनामा पैदलयात्रीको ज्यान जाने क्रम चिन्ताजनक रूपमा बढिरहेको छ। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रीले ज्यान गुमाएका छन्, अर्थात् औसतमा प्रत्येक दुई दिनमा तीन जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ।

हालै ललितपुरको बालकुमारीमा जेब्राक्रसबाट सडक पार गरिरहेकी भोजपुरकी ५५ वर्षीया देवी खत्रीको भ्यानको ठक्करबाट मृत्यु भएपछि सडक सुरक्षामाथि फेरि प्रश्न उठेको छ। नियमअनुसार जेब्राक्रस प्रयोग गर्दा पनि पैदलयात्री सुरक्षित हुन नसकेको भन्दै नागरिकले सरकारको सडक सुरक्षा नीतिको आलोचना गरेका छन्।

सडक सुरक्षाका जानकारहरूका अनुसार दुर्घटना न्यूनीकरणका लागि सुरक्षित सडक, कडा कार्यान्वयन र पैदलमैत्री पूर्वाधार आवश्यक भए पनि सरकार भने ट्राफिक जरिबाना बढाउने अभियानमै बढी केन्द्रित देखिएको छ।

उनीहरूले जरिबाना असुल्नुभन्दा जेब्राक्रसमा पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  ९ : २१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना