२०८३, २० आश्विन बुधबार

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा सोमबारको बैठकमा उपस्थित ६२ जना सदस्यमध्ये उनको पक्षमा ५७ जनाले विश्वासको मत दिए । त्यस्तै, उनको विपक्षमा शून्य र तटस्थमा पाँच मत खसेको थियो ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए ।

कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)को ३, जसपाको १ जना सांसद गरी ५७ जना सांसदले पक्षमा मत दिएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

तर, आजको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । सरकार गठनको प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै कांग्रेसले विरोध गर्दै आएको छ । कार्की विरुद्ध कांग्रेसका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त दायर गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । पेशी भने जेठ ९ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २०८१, ३१ बैशाख सोमबार  ४ : ०७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय