२०८२, ९ भाद्र मंगलबार

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले


रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन क्षेत्रमा लागेको डढेलो शनिबार लागेको हावाहुरीले गाउँघरमा प्रवेश गर्दा ७० भन्दा धेरै घरगोठ जलेर क्षति भएका छन् ।

पहिलेदेखि वनजंगलमा लागेको डढेको शनिबारको हावाहुरीले गाउँमा सल्केको हो । अर्घाखांचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा १८ ओटा घरगोठ जलेका छन् । भुमिकास्थान ३ र ४ मा भिषण आगलागी हालसम्म १८ घरगोठमध्ये शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घररगोठ, वसन्त मल्ल ठकुरीको घररगोठ,

यस्तै विष्णु जि एमको दोकान, गंग बहादुरको थारे घर, दुर्गा विकको थारे घर, पुर्ण प्रसाद भुसालको गोठ र बाईक, भुपलाल भसालको गोठरभैसी, झविलाल भुसालको घर, खिम प्रसाद भुसालको घर, तिलक भुसालको घर, ईश्वरी भुसालको घर, काँशिराम भुसालको घर, गंगा भुसालको गोठ, रामजी भुसालको घररथारो, कृष्ण ओलीको घररथारोरभैंसी, दोल प्रसाद भुसालको थारो, पिताम्वर भुसालको थारो डढेको स्थानीय हरि भुसालले जनाएका छन् ।

साँझ अबेरसम्म आगलागी नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

उता गुल्मीको इस्मा गाउँपालिका २ मा आगलागी हुँदा १३ घर जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर जलेका वडाध्यक्ष लोकनाथ आर्चायले बताए । घरसँगै २५ वटा गोठ र ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् । अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ । आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

इस्मा गाउँपालिकाबाहेक अन्यत्र पनि आगलागी भएको छ । आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

आगलागीबाट इस्मा गाउँपालिका १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक डीएसपी शंकर पोखरेलले बताए ।

आगलागी भएका ठाउँमा आगो निभाउन सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारी खटिएका छन् । एकपटक निभाइसकेको ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।

गुल्मीकै रुरु क्षेत्र गाउँपालिका–१ भटकुवामा शनिबार सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर र एक गोठ जलेको छ । रुरु क्षेत्र गाउँपालिका–१, रिडीका वडाध्यक्ष नवराज विकका अनुसार भरत पन्थीको घर र गोठ साथै झविन्द्र ज्ञवालीको घरमा आगलागी भएको हो । बस्तीका १० बढी घर डढेलोको जोखिममा रहेकाले स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा जोगाइएको छ ।

जंगलमा लागेको डढेलो हावाहुरीका कारण नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो एक सातामा लुम्बिनी प्रदेशका १२ जिल्लामा ४ सय बढी स्थानमा डढेलो लागेको छ । प्रदेश सरकारले हरेक वर्ष ६० लाख बढी खर्चिएर गरिादै आएको डढेलो सचेतना कार्यक्रम असफल देखिएको छ ।

यसैगरी पाल्पाका दर्जनभन्दा बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए ।

वनदेवी सामुदायिक वन क्षेत्रको जंगलका तीन चार स्थानमा डढेलो लागेको छ । ल्याण्डफिल साइट क्षेत्रका साथै नजिकका अन्य जंगलमासमेत डढेलो लागेको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बस्तीमा डढेलो पस्नबाट रोकिएको छ ।

मिलीजुली पालेको सामुदायिक वन बतासेमा लागेको डढेलोले बस्ती जोखिममा परेको हो । तानसेन नगरपालिका–१४, अर्गलीको विभिन्न स्थानमा लागेको डढेलोले पनि बस्ती जोखिममा परेपछि दमकल लगिएको छ । पाल्पाकै अर्गली, मुझुङ, माथागढीको झडेवा, तिनाउको दोभान, बगनासकालीको यम्घा लगायतका स्थानमा भीषण डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ९ बैशाख आईतबार  ८ : १६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको