२०८३, १२ असार शनिबार

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का


काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौं पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थलमा रहेको बम निष्क्रिय गर्न पुगेको जनाइएको छ । बुद्धचित्त मालाको बोट अपरिचित समूह आई काटेको हो ।

बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ । प्रहरील थप अनुसन्धान गरिरहेको छ । रुख धनी शेरबहादुर तामाङले करिब तीन महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख तीन करोड रुपैयाँमा ठेक्कामा लगाइएको जानकारी दिए ।

‘हामीले यस पटक वार्षिक तीन करोड पाउने गरी ठेक्का लगाएका थियौँ ‘ शेरबहादुरले सुनाए । गत वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको पनि उनले बताएका छन् । तामाङका अनुसार उनका चार जना दाजुभाइमध्ये तीन जना काठमाडौंमा बस्छन् । ‘दाजु–भाउजु, बुहारी र दिदी अनि बच्चाबच्चीमात्र गाउँको घरमा हुनुहुन्थ्यो । राति हतियार देखाएर रुख काटेछन् । प्रतिकार पनि गर्न सक्ने अवस्था भएन । हामीलाई राति २ बजे रुख काटियो भनेर खबर आएको थियो’, शेरबहादुरले भने ।

प्रकाशित मिति : २०८०, ३० चैत्र शुक्रबार  ११ : ५७ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल