२०८२, ८ भाद्र सोमबार

केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि छलफल

केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि छलफल


काठमाडौं । कानून समितिमा विहीबार पनि केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाली ऐनलाई शंसोधन गर्न बनेको विधेयकमाथि छलफल भएको हो ।

छलफलमा कानुन न्याय तथा संघीय मामिलामन्त्री पदम गिरीले जतिसक्दो चाँडो छलफल गरी विधेयक टुङग्याउन आवश्यक रहेको बताए । उनले संसदको हिउँदे अधिवेशन नजिकिएकाले धेरै समय नभएको भन्दै तिब्र रुपमा काम गरी आउने एक हप्ताभित्र यसलाई टुङ्गोमा पु¥याउनुपर्ने बताए ।

उनले भने,‘हामी संसदको हिउँदे अधिवेशनको धेरै समय छैन् । यसबिचमा हामीले केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयक यसलाई टुङग्याएर एउटा ऐनको रुपमा यसलाई अगाडि बढाउन सक्यौ भने राम्रो उपलब्धी हुनसक्छ । हामीसँघ धेरै समय नभएकाले हामीले तिब्र रुपमा काम गर्न आवश्यक छ । आउने एक हप्ताभित्र यसलाई टुङ्गोमा पु¥याउनु पर्नेछ ।’

संघीय संसदका सचिव पद्म प्रसाद पाण्डेयल धेरै संशोधनको विषयहरु छुटेको भन्दै अहिले संशोधनमा रहेका विषय तत्कालको लागि ढोका खेलेर तत्कालको समस्या हल गर्ने मात्र रहेको बताए । दिर्घाकालीन रुपमा समस्या समाधानको लागि फेरि ऐनको मस्यौदा ड्राफ्ट गरेर पठाउने पक्षमा आफूहरु रहेको उनले बताए ।

उनले भने,‘शंसोधनको विषय यति मात्र होइन थुप्रो छन् । व्यापक रुपमा अरु थप काम गर्नुपर्ने छ । त्यो काम गर्न हामीलाई हामीलाई धेरै समय लाग्छ । अहिलेको प्रस्ताव तत्कालिन व्यवस्थापन मात्र हो । यसले तत्कालको लागि ढोका खोल्छ । तत्कालको समस्या हल गर्छ । तर दिर्घाकलिन समाधानको लागि हामीले निजामति ऐन सँग प्रतिस्पर्धी हुने गरी हामीले ड्राफ्ट गरी फेरी ऐनको मस्यौदा ड्राफ्ट गरेर पठाउँने भन्नेमा हामी छौं ।’

उनले केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयक जुन छ त्यसमा एउटै विषय नभएर धेरै विषयहहरु समेटिएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८०, २२ चैत्र बिहीबार  ६ : ०६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको