२०८२, २३ कार्तिक शनिबार

भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छ  : नवनियुक्त मन्त्री मगर

भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छ  : नवनियुक्त मन्त्री मगर


मकवानपुर । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्।

मंगलबार बिहान उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ दिलाएका हुन्।

मन्त्री आलेलाई एक हप्ताभित्रै जिम्मेवारी दिने मुख्यमन्त्री जम्मकट्टेलले प्रतिबद्धता जनाएका छन्।

यद्यपी विना विभागीयको शपथ लिएकी आलेले भौतिक पूर्वाधार मन्त्रालयमा आफ्नो दाबी रहेको बताएकी छन्।

शपथ ग्रहण पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘काठमाडौं क्षेत्र नं–१० प्रदेश ‘ख’ को नागरिकले मलाई कामयावी मान्छेको रुपमा हेर्नुहुन्छ। त्यसो हुँदा म कामयावी मन्त्रालयको जिम्मेवारी लिन चाहन्छु। मैले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँनुपर्छ ।’

भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएकी उनले आफूलाई मुख्यमन्त्रीले सो मन्त्रालयको जिम्मेवारी दिने मौखिक सहमती भएको बताएकी हुन् ।

नवनियुक्त मन्त्री आले काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रकाशित मिति : २०८०, २० चैत्र मंगलबार  १२ : ३२ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका