२०८२, २४ असार मंगलबार

समाजवादीकी सांसद आलेमगरले लिइन् बिना विभागीय मन्त्रीको शपथ

समाजवादीकी सांसद आलेमगरले लिइन् बिना विभागीय मन्त्रीको शपथ


हेटौंडा । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगरले बागमती प्रदेश सरकारमा मन्त्रीको शपथ लिएकी छन् । हिजो साँझ मन्त्री नियुक्त भएकी आलेमगरले मंगलबार आज पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

नव नियुक्त मन्त्री आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको सपथ खुवाएका हुन्। सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बेला प्रदेश सभा बैठकमा ढिलोसम्म उपस्थित नभएकी सांसद आलेमगरले मन्त्रीमा बार्गेनिङ गरेर अलमल गरेको चर्चा थियो

उनी अनुपस्थित हुँदा मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने भएपछि उनलाई सोमबार नै मन्त्री नियुक्त गर्ने समझदारीपछि मात्रै प्रदेश सभा बैठकमा उपस्थित भएकी थिइन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका निवासी आलेमगर ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाण्डौँ निर्वाचन क्षेत्र १० ख बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

हाल उनलाई बिना विभागीय मन्त्रीको सपथ गराइएको हो भने मन्त्रालय केही दिनभित्रै टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८०, २० चैत्र मंगलबार  १० : ३७ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज