२०८२, २७ फाल्गुन बिहीबार

समाजवादीकी सांसद आलेमगरले लिइन् बिना विभागीय मन्त्रीको शपथ

समाजवादीकी सांसद आलेमगरले लिइन् बिना विभागीय मन्त्रीको शपथ


हेटौंडा । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगरले बागमती प्रदेश सरकारमा मन्त्रीको शपथ लिएकी छन् । हिजो साँझ मन्त्री नियुक्त भएकी आलेमगरले मंगलबार आज पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

नव नियुक्त मन्त्री आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको सपथ खुवाएका हुन्। सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बेला प्रदेश सभा बैठकमा ढिलोसम्म उपस्थित नभएकी सांसद आलेमगरले मन्त्रीमा बार्गेनिङ गरेर अलमल गरेको चर्चा थियो

उनी अनुपस्थित हुँदा मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने भएपछि उनलाई सोमबार नै मन्त्री नियुक्त गर्ने समझदारीपछि मात्रै प्रदेश सभा बैठकमा उपस्थित भएकी थिइन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका निवासी आलेमगर ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाण्डौँ निर्वाचन क्षेत्र १० ख बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

हाल उनलाई बिना विभागीय मन्त्रीको सपथ गराइएको हो भने मन्त्रालय केही दिनभित्रै टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८०, २० चैत्र मंगलबार  १० : ३७ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा