२०८२, १७ श्रावण शनिबार

सरकार र सहकारी पीडितबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित

सरकार र सहकारी पीडितबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित


काठमाडौं । सरकार र सहकारीका बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच आठ बुँदे सहमति भएको छ । सहमति भएसँगै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको तर्फबाट हालसम्म सञ्चालित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ ।

आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको वार्ता समिति र अभियानबीच भएको वार्तापछि आठ बुँदे सहमति भएको हो । दुई पक्षबीच समस्या देखिएका सहकारी संस्थाहरुको निरीक्षण अनुगमन गर्ने र समस्याग्रस्त सहकारीको रुपमा घोषणा गर्न सिफारिस गर्नका लागि अधिकार सम्पन्न समिति गठन गर्ने सहमति भएको छ । समितिको सिफारिसमा त्यस्ता सहकारी संस्थाहरुलाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्धार प्रणालीमार्फत त्यस्ता सहकारीको सम्पत्ति र दायित्व फरफारक गरि बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अविलम्व थालनी गर्ने सहमति भएको छ ।

त्यस्तै मौजुदा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति स्रोत साधन लगाएत संस्थागत क्षमताको सुदृढिकरण गरि यसरी घोषणा गरिएका समस्याग्रस्त सहकारी संस्थाको सम्पती र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कारवाही यथासिघ्र सम्पन्न गर्ने सहमति भएको छ । समितिको सिफारिसमा सहकारी ऐन बमोजिम कसुर गर्ने सहकारीका सञ्चालक, व्यवस्थापक र संलग्न कर्मचारीहरुलाई कानून बमोजिम तत्काल कारवाहीको दायरामा ल्याउने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई सुदृढ गर्न आवश्यक कानून बनाइने र सहमतिलाई कार्यान्वयनमा जोड दिने बताए । त्यस्तै सहकारीक्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्ने गरि राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  ८ : १२ बजे

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान

हेटौंडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी)

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास गरेको नवीनतम

वाम आन्दोलनका अगुवा नेता तुल्सीलाल अमात्यको योगदान अतुलनीय : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनका नेता तुल्सीलाल अमात्यको योगदान नेपाली

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा

काठमाडौँ । नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पुनः