२०८२, २० चैत्र शनिबार

आजको राशीफल : राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस्

आजको राशीफल : राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस्


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । मध्यान्हपछिको समय मध्ययम रहेकोले सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ ।  

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक बस्तुको प्रयोग गर्दा साबधान अपनाउँनुहोला अप्रिय घट्ना घट्न सक्छ । पढाई लेखाईमा भनजस्तो प्रगति नहुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिक कामहरु प्र्रभावित हुँनेछन् भने शिक्षा क्षेत्रसँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । घर परिवार तथा आत्मिय मित्रसँगको सम्बन्ध सुदृड भएर जाने हुँनाले नयाँ योजना बनाएर लागु गर्न सकिनेछ । राजनिति तथा सामाजिक कामहरुमा समय खर्चिनेहरुले समयमा सर्बसाधारणको काम गर्न सम्दा पद प्रतिष्ठा प्राप्त हुँने योग रहेकोछ । साथिहरुको सहयोगले उपलब्धिमुलक काम गर्ने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ भने खोज तथा अनुशन्धानमा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना समस्याहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ भने नयाँ नयाँ काम गरि रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानि गर्न सकिनेछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् भने पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । साझपख राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ भने आमा वा आमा सोरहका मानिससँग छुट्टिएर यात्राको तयारि गर्नुपदा मन खिन्न हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हपछिको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ । साझपखको समय मध्ययम रहेकोले अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँने हुँदा अन्य काम गर्न सहज हुँनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ  भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । नोकरिमा बढुवा हुँने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुँदा मन खुसि रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक रुपमा सम्पन्न हुँन चालिएका कदम बाट भनेजस्तो उपलब्धि हासिल हुँने हुँदा मन प्रशन्न रहनेछ । दिदि बहिनिको सहयोगले सकारात्मक कामहरु सम्पन्न गर्न सकिनेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहनेछ । अध्ययनमा समय खर्चिए अनुशार उपलब्धि हासिल गर्न सकिनेछ ।

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  ६ : ३४ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।