२०८२, २० मंसिर शनिबार

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि कांग्रेसका युवराज शर्मा र गठबन्धनबाट माओवादी केन्द्रका नारायणप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बानेश्वरस्थित संसद् भवनमा पुगेर दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखर कुमार सिंह रहेका छन् ।
यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरे पनि नयाँ सत्ता समीकरणपछि कांग्रेसले शर्मालाई अघि सारेको छ ।
यस्तै, दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ । अध्यक्ष चयनका लागि राष्ट्रिय सभा निर्वाचन भोली हुँदैछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसापका ३, लोसपा र राजमोका एक–एक सदस्य छन् ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  १२ : २० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको