२०८२, २३ कार्तिक शनिबार

सांस्कृतिक पर्वहरू जोगाइराख्न नयाँ पुस्तालाई सँगसँगै सहभागी गराउन आवश्यक : सभामुख घिमिरे

सांस्कृतिक पर्वहरू जोगाइराख्न नयाँ पुस्तालाई सँगसँगै सहभागी गराउन आवश्यक : सभामुख घिमिरे

नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांस्कृतिक पर्वहरूमा नयाँ पुस्तालाई सामेल गराउन जरुरी भएको बताएका छन् ।
सोमबार हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले ल्होसार जस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले मौलिक चाडपर्वको पुस्तान्तरणका लागि नयाँ पुस्तालाई नेपाली संस्कार, संस्कृति र चाडपर्व मनाउँदा सँगसँगै लिएर मौलिकता हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका हाम्रा चाडपर्वले विविधताभित्रको एकता उद्घाटित हुँदै आएको छ । नेपाली चाडवाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ,’ उनले भने, ‘मौलिक चाडवाडको संरक्षण र संवद्र्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रेरित गर्न आवश्यक छ,’ सभामुख घिमिरेले भनेका छन् ।
यस्तै, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पनि शेर्पा समुदायको विशेष चाड ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै समस्त शेर्पा समुदायलाई शुभकामना दिएकी छन् ।

सन्देशमा अर्यालले नयाँ वर्ष आरम्भको रुपमा मनाइने पर्वले नेपालका समस्त जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन विशिष्ट योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  ९ : ४२ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा