२०८२, २० चैत्र शनिबार

सांस्कृतिक पर्वहरू जोगाइराख्न नयाँ पुस्तालाई सँगसँगै सहभागी गराउन आवश्यक : सभामुख घिमिरे

सांस्कृतिक पर्वहरू जोगाइराख्न नयाँ पुस्तालाई सँगसँगै सहभागी गराउन आवश्यक : सभामुख घिमिरे

नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांस्कृतिक पर्वहरूमा नयाँ पुस्तालाई सामेल गराउन जरुरी भएको बताएका छन् ।
सोमबार हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले ल्होसार जस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले मौलिक चाडपर्वको पुस्तान्तरणका लागि नयाँ पुस्तालाई नेपाली संस्कार, संस्कृति र चाडपर्व मनाउँदा सँगसँगै लिएर मौलिकता हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका हाम्रा चाडपर्वले विविधताभित्रको एकता उद्घाटित हुँदै आएको छ । नेपाली चाडवाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ,’ उनले भने, ‘मौलिक चाडवाडको संरक्षण र संवद्र्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रेरित गर्न आवश्यक छ,’ सभामुख घिमिरेले भनेका छन् ।
यस्तै, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पनि शेर्पा समुदायको विशेष चाड ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै समस्त शेर्पा समुदायलाई शुभकामना दिएकी छन् ।

सन्देशमा अर्यालले नयाँ वर्ष आरम्भको रुपमा मनाइने पर्वले नेपालका समस्त जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन विशिष्ट योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  ९ : ४२ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।