२०८२, २९ पुस मंगलबार

पाँचखालमा १८ राष्ट्रका सेनाले गरे शान्ति प्रयास तालिम

पाँचखालमा १८ राष्ट्रका सेनाले गरे शान्ति प्रयास तालिम


काठमाडौं । नेपाली सेनाको काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा  सञ्चालित चौथो संस्करणको शान्ति स्थापना सम्बन्धि बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ सोमबार समापन भएको छ ।

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजित उक्त अभ्यास अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसियटिभको सहयोगमा सञ्चालन भएको थियो ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले अभ्यासमा सहभागीहरूले देखाएको लगनशीलताले विश्व शान्ति स्थापना प्रयासमा सहभागी हुने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका सैनिकहरूबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

द्वन्द्वग्रस्त मुलुकको जटिलता र विविध चुनौतीहरूको बाबजुद शान्ति सैनिकहरूको व्यवसायिकता, आपसी सम्बन्ध, पेसागत ज्ञान तथा मनोबल अभिवृद्धिमा यो अभ्यास सहयोगी हुने अपेक्षा गरेको पनि उनले बताए । नेपालसहित १८ राष्ट्रका १ हजार १ सय २५ जना सैनिकहरूको सहभागितामा सञ्चालित अभ्यासमा शान्ति स्थापना मिसनमा शान्ति सैनिकले निर्वाह गर्नुपर्ने भूमिकामा आधारित गतिविधि समावेश गरिएका थिए ।

समारोहमा रक्षासचिव किरणराज शर्मा, पूर्वप्रधान सेनापतिहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, विभिन्न मिसनहरुमा फोर्स कमान्डर रहेका लगायत बहालवाला एवं अवकाश प्राप्त रथी तथा अधिकृत, विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारी, अभ्यासमा सहभागी देशहरुका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति थियो । 

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ७ : ०३ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका