२०८२, ३ फाल्गुन आईतबार

नेपाली सेनाको २१५ जनाको डफ्फा लेबनन प्रस्थान

नेपाली सेनाको २१५ जनाको डफ्फा लेबनन प्रस्थान


काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाको एउटा डफ्फा सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।

युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबननमा तैनाथ रहनका लागि इन्द्रध्वज गण (शान्ति सेना) ६५ औँ डफ्फाका २ सय १५ जना सैनिकत्यसतर्फ गएका हुन् । सेनानी लक्ष्मण खड्काको नेतृत्वमा यूएन चार्ट्ड फ्लाइटमार्फत डफ्फा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

उक्त मिसनमा रहेको श्री पुरानो गोरख गणका २ सय १४ जना नेपाली सैनिकको डफ्फाले कार्यकाल पुरा गरेको छ । कार्यावधि पुरा गरेको अन्तिम टोली गणपति प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेतृत्वमा सोमबार नै स्वदेश फर्किएका छ ।
हाल उक्त मिसनमा नेपाली सेनाका ८ सय ७३ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : ५६ बजे

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव