२०८३, २६ भाद्र शनिबार

पर्यटनमन्त्री किराती सस्तो लोकप्रियताका पछि भागे : सांसद खतिवडा

पर्यटनमन्त्री किराती सस्तो लोकप्रियताका पछि भागे : सांसद खतिवडा


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती सस्तो लोकप्रियताको पछि भागरेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठककमा उनले मन्त्री किरातीले कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक भएको विषयमा बोल्दै झाडु र क्यामरा लिएर मन्त्रालयमा छिर्ने र सस्तो लेकप्रियताका लागि तस्विर सार्वजनिक गर्ने पद्दतीको विकास गरेको आरोप लगाए ।

उनले भने, ‘मन्त्रीज्यू असाध्यै सुधार गर्न लागेको आभास भएको छ । एउटा झाडु र क्यामरा लिएर मन्त्रालयमा प्रवेश गरेर फोटो बाहिर ल्याउने पद्दतीको विकास भएको छ । यसरी मूलुक कहाँ जाने हो ? सस्तो पपुलिजमको लागि आफ्नो मन्त्रालय सफा गरेको भिडियो हाल्देपछि हुन्छ ।’

खतिवडाले मन्त्री किरातीले अहिले प्रोडक्सनमा नै नभएको जहाज किन्ने बाहानामा झण्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागेको समेत आरोप लगाए ।

उनले भने, ‘भर्खरै वर्तमान पर्यटन मन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालाजारीमा नियुक्ति गरेर राखिएको छ । हाजिर गरेर पुग्ने गरी के गर्ने थाहा छैन् । यसका बाबजुद मन्त्री नयाँ प्लेन किन्नुप¥यो भनेर लाग्नुभएको छ । थ्रि हन्ड्रृेड जी भन्ने एउटा प्लेन ल्याइँदै छ । जुन अहिले प्रोडक्सनमा छैनन् । त्यसमा ल्याएर झण्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा सूरु भएको  सुचना प्राप्त भएका छन् ।’

सांसद खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरे ।

किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ४ : २३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।