२०८३, १२ कार्तिक बिहीबार

पर्यटनमन्त्री किराती सस्तो लोकप्रियताका पछि भागे : सांसद खतिवडा

पर्यटनमन्त्री किराती सस्तो लोकप्रियताका पछि भागे : सांसद खतिवडा


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती सस्तो लोकप्रियताको पछि भागरेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठककमा उनले मन्त्री किरातीले कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक भएको विषयमा बोल्दै झाडु र क्यामरा लिएर मन्त्रालयमा छिर्ने र सस्तो लेकप्रियताका लागि तस्विर सार्वजनिक गर्ने पद्दतीको विकास गरेको आरोप लगाए ।

उनले भने, ‘मन्त्रीज्यू असाध्यै सुधार गर्न लागेको आभास भएको छ । एउटा झाडु र क्यामरा लिएर मन्त्रालयमा प्रवेश गरेर फोटो बाहिर ल्याउने पद्दतीको विकास भएको छ । यसरी मूलुक कहाँ जाने हो ? सस्तो पपुलिजमको लागि आफ्नो मन्त्रालय सफा गरेको भिडियो हाल्देपछि हुन्छ ।’

खतिवडाले मन्त्री किरातीले अहिले प्रोडक्सनमा नै नभएको जहाज किन्ने बाहानामा झण्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागेको समेत आरोप लगाए ।

उनले भने, ‘भर्खरै वर्तमान पर्यटन मन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालाजारीमा नियुक्ति गरेर राखिएको छ । हाजिर गरेर पुग्ने गरी के गर्ने थाहा छैन् । यसका बाबजुद मन्त्री नयाँ प्लेन किन्नुप¥यो भनेर लाग्नुभएको छ । थ्रि हन्ड्रृेड जी भन्ने एउटा प्लेन ल्याइँदै छ । जुन अहिले प्रोडक्सनमा छैनन् । त्यसमा ल्याएर झण्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा सूरु भएको  सुचना प्राप्त भएका छन् ।’

सांसद खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरे ।

किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ४ : २३ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता