२०८२, ४ फाल्गुन सोमबार

कांग्रसको राजनीतिक एजेण्डा छैन, माओवादी राजनीतिक दल बनेकै छैन : विष्णु रिमाल

कांग्रसको राजनीतिक एजेण्डा छैन, माओवादी राजनीतिक दल बनेकै छैन : विष्णु रिमाल


काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशका मुख्य राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेस नै भएका बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल सिन्धुली शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमालले देशमा मूल राजनीतिक प्रतिस्पर्धी शक्ति एमाले र कांग्रेस भएका प्रष्ट पार्नुभयो । ‘मूल पार्टी एमाले र कांग्रेस मात्रै हुन्, प्रतिस्पर्धा पनि यिनै दलबिच हुने हो’, उहाँले भन्नुभयो ।
दुई पार्टी मध्ये एजेण्डा र दृष्टिकोण बोकेको पार्टी नेकपा एमाले मात्र भएको उहाँले दाबी गर्नुभयो । कांग्रेससँग कुनै एजेण्डा नै नभएको उहाँले दाबी गर्नुभयो । ‘कांग्रेस अहिले एजेण्डामा छैन, गठबन्धन गरेनौँ भने चुनाव हार्छौ भन्ने मात्र छ, चुनाव हार्ने र जित्ने एजेण्डाको कुरा होइन, प्रतिस्पर्धाको कुरा हुन्छ’, उहाँले भन्नुभयो ।
कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको रिमालले बताउनुभयो । त्यसैले कांग्रेस गठबन्धनका पछाडि लागेको उहाँले तर्क गर्नुभयो ।
रिमालले माओवादीले अहिलेसम्म पार्टीको आकार समेत लिन नसकेको बताउनुभयो । ‘माओवादीले अहिलेसम्म आकार नै ग्रहण गरेको छैन, प्रखण्डजीको अहिले ३२ सिट छ ९० सिटलाई हल्लाएर खाइराख्नुभएको छ’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ३ : २५ बजे

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.