२०८३, २६ बैशाख आईतबार

आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ

आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं । झापामा आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका–३, बेलडाँगी बस्ने ५० वर्षीय पञ्चवीर घिसिङ रहेका छन् । उनलाई हिजो बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा एरित ओलीलाई घिसिङले पछारेका थिए । त्यसपछि तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिशुको आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, १ फाल्गुन मंगलबार  १ : १८ बजे

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे

पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, शुभेन्दु अधिकारी बने मुख्यमन्त्री

पश्चिम बंगाल मा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको

दाङमा वनको काठ विवाद : बञ्चरो प्रहारबाट एक जनाको हत्या

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनको काठ लिने विषयमा