२०८३, २० आश्विन बुधबार

दोलखामा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

दोलखामा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ


काठमाडौं । दोलखामा मध्यराति घाइते भेटिएका एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

हिजो राति १ बजेको समयमा गम्भिर घाइते भेटिएका भीमेश्वर नगरपालिका-८ स्थित चरिकोट -काठमाडौं सडकखण्ड अन्र्तगत बोचमा गम्भीर अवस्थामा भेटिएका सोनाम तामाङको मृत्यु भएको हो ।

तामाङलाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दिपक खड्काले जानकारी दिए ।

उनका अनुसार मृतक तामाङको शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ । तमाङ बा ८४ प १११३ नम्बरको मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए ।

सोनामसँगै केही युवाहरु मध्यरातसम्म बोचमा मदिरा सेवन गरी बसेको र झगडा भएको पाईएको प्रहरीले जनाएको छ । अहिले चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ तथा अनुसन्धान थालेकाले यद्धपी कुटपिटबाट मृत्यु भएको हो वा दुर्घटनामा परि मृत्यु भएको भन्नेबारे खुल्न बाँकी छ ।

मृतकको शवलाई पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ । पोष्टमर्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १ फाल्गुन मंगलबार  १ : १२ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय