२०८२, २३ कार्तिक शनिबार

दोलखामा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

दोलखामा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ


काठमाडौं । दोलखामा मध्यराति घाइते भेटिएका एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

हिजो राति १ बजेको समयमा गम्भिर घाइते भेटिएका भीमेश्वर नगरपालिका-८ स्थित चरिकोट -काठमाडौं सडकखण्ड अन्र्तगत बोचमा गम्भीर अवस्थामा भेटिएका सोनाम तामाङको मृत्यु भएको हो ।

तामाङलाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दिपक खड्काले जानकारी दिए ।

उनका अनुसार मृतक तामाङको शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ । तमाङ बा ८४ प १११३ नम्बरको मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए ।

सोनामसँगै केही युवाहरु मध्यरातसम्म बोचमा मदिरा सेवन गरी बसेको र झगडा भएको पाईएको प्रहरीले जनाएको छ । अहिले चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ तथा अनुसन्धान थालेकाले यद्धपी कुटपिटबाट मृत्यु भएको हो वा दुर्घटनामा परि मृत्यु भएको भन्नेबारे खुल्न बाँकी छ ।

मृतकको शवलाई पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ । पोष्टमर्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १ फाल्गुन मंगलबार  १ : १२ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा