२०८२, २३ कार्तिक शनिबार

आज विश्व रेडियो दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाण्डौ । आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । यस वर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ ।

सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो ।

एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रमा अन्य धेरै विकल्पहरु थपिएका छन् । तर रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक नै छ ।

चेतना प्रवाह, हरेक राजनीतिक परिवर्तन, विकास निर्माण, शिक्षा, स्वास्थ्यसँगै भूकम्पजस्ता विपद्मा रेडियोको भूमिकालाई महत्वपूर्ण मानिन्छ । तर पछिल्लो पटक रेडियोका लागि पनि आर्थिक सङ्कट चुनौतीपूर्ण बनेको छ । त्यसै कारण कतिपय रेडियो बन्द भएका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेका छन् ।

मुख्यगरी पछिल्लो पटक विश्वव्यापी रुपमा देखिएको कोरोना महामारी र त्यसपछि अर्थतन्त्र आएको शिथिलताको प्रभाव रेडियोमा पनि परेको हो । अहिले धेरैजसो रेडियो सञ्चालक र रेडियोकर्मीको ध्यान आर्थिक सङ्कटबाट रेडियोलाई कसरी बचाउने भन्नेमा केन्द्रित छ । राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको योगदानलाई सरकारले बेवास्ता गर्ने गरेको गुनासो छ ।

प्रकाशित मिति : २०८०, १ फाल्गुन मंगलबार  १२ : ५४ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा