२०८३, २६ भाद्र शनिबार

आज सुरक्षित इन्टरनेट दिवस : दिनचर्या सहज भए पनि जोखिम उत्तिकै

आज सुरक्षित इन्टरनेट दिवस : दिनचर्या सहज भए पनि जोखिम उत्तिकै


काठमाण्डौ । आज सुरक्षित इन्टरनेट दिवस नेपालसहित विश्वका एक सय ७० वटाभन्दा धेरै देशमा मनाइँदैछ । ‘राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथै’ नाराकासाथ दिवस मनाउन लागिएको हो ।

दिवसले सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न गराउन पैरवी गर्नेछ । साथै सुरक्षित इन्टरनेटको लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, विद्यालय, सङ्घसंस्था तथा अन्य सरोकारवालालाई एकताबद्ध हुन आह्वान गर्नेछ । सन् २००४ देखि नै हरेक वर्ष फेब्रुअरी महिनामा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको भए पनि नेपालमा सन् २०१९ देखि मात्र दिवस मनाउन थालिएको हो ।

सूचना प्रविधिको विकासले फड्को मारेसँगै यसले मुख्यगरी बालबालिका र युवालाई अनलाइनमा असुरक्षित बनाएको पाइन्छ । अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि सुरक्षित इन्टरनेट दिवसलाई अझ बढी प्रभावकारी र व्यापक बनाउन नेपालमा यसै वर्ष सुरक्षित इन्टरनेट दिवस समन्वय समिति गठन भएको चाइल्डसेफनेटको सचिवालयले जनाएको छ ।

चाइल्डसेफनेट र युनिसेफको एक अध्ययनअनुसार नेपालमा पाँचजनामा एकजना बालिका र दशजनामा एकजना बालक अनलाइन यौन दुर्व्यवहारमा पर्ने गरेका छन् । चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले हरेक बालबालिकालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार रहेको बताउनुभयो ।

इन्टरनेटले हाम्रो जीवन सहज बनाएको छ । तर यसको सुरक्षित प्रयोग गर्न पनि आवश्यक छ । बालबालिका र युवाले प्रविधिको प्रयोग धेरै गर्ने तर धेरै बालबालिकालाई अनलाइन सुरक्षाबारे ज्ञान नभएकोले उनीहरू अनलाइन दुर्व्यवहार र शोषण, साइबरबुलिङ्ग, फिसिङ्गजस्ता गम्भीर जोखिममा पर्न सक्छन् ।

अज्ञात स्रोतबाट आएका ईमेलका अट्याचमेन्टहरु नखोल्न, व्यक्तिगत वा वित्तीय विवरण माग्ने ईमेललाई प्रतिक्रिया नदिन तथा समस्या भएमा सम्बन्धित निकायमा तुरुन्तै खबर गर्न प्रयोगकर्तालाई इन्टरनेट सेवाप्रदायकको सुझाव छ ।

प्रकाशित मिति : २०८०, २३ माघ मंगलबार  १२ : २९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।