२०८२, १९ मंसिर शुक्रबार

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने नेपाली सेनाको निष्कर्ष

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने नेपाली सेनाको निष्कर्ष


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको जानकारी लिनुभएको हो । नेपाली सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदन सेनाले आजै सरकारलाई बुझाएको छ । २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०५६ सालदेखि बन्द भएको हो ।

प्रतिवेदनमा उद्योग बन्द हुनुको कारण बजारको कमजोर व्यवस्थापन, प्रविधिको समयअनुसार सुधार हुन नसक्नु, बिजुली अभाव, धेरै जनशक्ति र व्यवस्थापकीय क्षमता कम हुनु रहेको उल्लेख । धेरैजसो कच्चा पदार्थ देशमै हुनु, उद्योगको स्वामित्वमा एक सय ६६ रोपनी जग्गा हुनु, उद्योगको न्यूनतम पूर्वाधार हुनु, स्थानीय उत्पादनको माग बढ्नु लगायतका कारण उद्योग सञ्चालन गर्न सकिने सेनाको प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : २०८०, १७ माघ बुधबार  ४ : ४४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको