२०८२, २९ पुस मंगलबार

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ भुटानी नागरिकको मृत्यु


काठमाण्डौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

जीपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली चालक थिए । गुम्बा जाँदै गरेको जीप सडकबाट तल खसेको हो । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १७ माघ बुधबार  ४ : ३१ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका