२०८२, १८ मंसिर बिहीबार

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै फर्काउन हरसम्भव प्रयास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै फर्काउन हरसम्भव प्रयास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै फर्काउन हरसम्भव प्रयास गर्ने बताउनुभएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको १२औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढ्न नसकेको अवस्थामा जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्ने र उत्पादकत्त्व बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कृषि र पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिनुभयो । जलवायु परिवर्तन, खाद्य असुरक्षा, बेरोजगारीजस्ता प्रतिकूल अवस्थासँग जुध्न र किसानको आम्दानी वृद्धि गर्ने र रोजगारको सुनिश्चितता गर्ने कार्यमा लाग्न प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिनुभएको छ ।

प्रकाशित मिति : २०८०, १७ माघ बुधबार  ३ : ०४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको