२०८३, २० आश्विन बुधबार

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै फर्काउन हरसम्भव प्रयास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै फर्काउन हरसम्भव प्रयास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै फर्काउन हरसम्भव प्रयास गर्ने बताउनुभएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको १२औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढ्न नसकेको अवस्थामा जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्ने र उत्पादकत्त्व बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कृषि र पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिनुभयो । जलवायु परिवर्तन, खाद्य असुरक्षा, बेरोजगारीजस्ता प्रतिकूल अवस्थासँग जुध्न र किसानको आम्दानी वृद्धि गर्ने र रोजगारको सुनिश्चितता गर्ने कार्यमा लाग्न प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिनुभएको छ ।

प्रकाशित मिति : २०८०, १७ माघ बुधबार  ३ : ०४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय