२०८२, १८ मंसिर बिहीबार

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन


काठमाण्डौ । आज देशका पहाडी भेगको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरैजसोको ठाउँमा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज दिउँसो काठमाण्डौको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ। यस्तै, जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम शून्यभन्दा पनि तल माइनसमा पुगेको छ ।

महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ८, जोमसोमको माइनस ३ दशमलव ५ र जिरीको माइनस ० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८०, ९ माघ मंगलबार  १० : ३० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको