२०८३, ३० जेष्ठ आईतबार

६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी नेपाल भित्रिए, सबैभन्दा धेरै चीनबाट

६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी नेपाल भित्रिए, सबैभन्दा धेरै चीनबाट


काठमाण्डौ । नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय गाडी आयात भएका छन् ।

यो गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा झन्डै ३ गुणाले धेरै हो । गएको वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँका १७ सय ४९ थान विद्युतीय गाडी आयात भएका थिए ।

सरकारले विद्युतीय गाडी आयात र प्रयोगमा प्रोत्साहन गरेपछि आयात निकै बढेको हो । यो वर्ष पुस महिनामा मात्रै १४ सय २१ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडी सबैभन्दा धेरै चीनबाट आयात हुने गरेका छन् । चीनबाट बीवाईडी, एमजी, ग्रेटवाल लगायत ब्रान्डका ३ हजार १ सय २५ वटा विद्युतीय गाडी भित्रिएका छन् । यस्तै भारतबाट टाटा, सिट्रोन, हुन्डाई लगायत ब्रान्डका १९ सय २२ वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

यस्तै कोरिया, जर्मनी, इन्डोनेसिया, अमेरिका लगायतका देशबाट पनि गाडी आयात भएका छन् । गएको आर्थिक वर्षभरि जम्मा ४ हजार ५० वटा विद्युतीय गाडीको आयात भएकोमा अहिले ६ महिनामै ५१ सय वटा गाडी आयात भएका छन् । यसले नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र गतिमा बढेको देखाएको छ ।

प्रकाशित मिति : २०८०, ७ माघ आईतबार  ४ : ४८ बजे

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक