२०८२, १८ मंसिर बिहीबार

६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी नेपाल भित्रिए, सबैभन्दा धेरै चीनबाट

६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी नेपाल भित्रिए, सबैभन्दा धेरै चीनबाट


काठमाण्डौ । नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय गाडी आयात भएका छन् ।

यो गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा झन्डै ३ गुणाले धेरै हो । गएको वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँका १७ सय ४९ थान विद्युतीय गाडी आयात भएका थिए ।

सरकारले विद्युतीय गाडी आयात र प्रयोगमा प्रोत्साहन गरेपछि आयात निकै बढेको हो । यो वर्ष पुस महिनामा मात्रै १४ सय २१ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडी सबैभन्दा धेरै चीनबाट आयात हुने गरेका छन् । चीनबाट बीवाईडी, एमजी, ग्रेटवाल लगायत ब्रान्डका ३ हजार १ सय २५ वटा विद्युतीय गाडी भित्रिएका छन् । यस्तै भारतबाट टाटा, सिट्रोन, हुन्डाई लगायत ब्रान्डका १९ सय २२ वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

यस्तै कोरिया, जर्मनी, इन्डोनेसिया, अमेरिका लगायतका देशबाट पनि गाडी आयात भएका छन् । गएको आर्थिक वर्षभरि जम्मा ४ हजार ५० वटा विद्युतीय गाडीको आयात भएकोमा अहिले ६ महिनामै ५१ सय वटा गाडी आयात भएका छन् । यसले नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र गतिमा बढेको देखाएको छ ।

प्रकाशित मिति : २०८०, ७ माघ आईतबार  ४ : ४८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको