२०८२, ४ कार्तिक सोमबार

प्राइम कमर्सियल बैंकको नाफा बढ्यो

प्राइम कमर्सियल बैंकको नाफा बढ्यो


काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ ।

बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा एक अर्ब ६५ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा ३२.१४ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा घट्दा बैंकको नाफामा बढेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तीन अर्ब ५३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५४ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ४४ लाखमा पुगेको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी ५५ करोड ९० लाखबाट ८० करोड ३६ लाख पुगेको छ ।

आम्दानीमा संकुचन हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन ५८ करोड ३२ लाख रुपैयाँबाट घटेर २८ करोड ११ लाख रुपैयाँ झरेको छ ।

खुद ब्याज आम्दानीमा वृद्धि र सम्भावित कर्जा नोक्सानीको प्रोभिजन घट्दा बैंकको सञ्चालन नाफासँगै नाफामा पनि वृद्धि भएको छ ।

पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा दुई अर्ब ३६ करोड २३ लाख रुपैयाँबाट ३२.०१ प्रतिशतले बढेर तीन अर्ब ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ ।

गत वर्षको सञ्चित नोक्सानीले वितरणयोग्य नाफामा दबाब

चालु आवको नाफामा उल्लेख्य सुधार भएपनि गत आर्थिक वर्षको सञ्चित नोक्सानीले बैंकको वितरणयोग्य मुनाफामा भने दबाब देखिएको छ ।

७२ करोड १५ लाख रुपैयाँ ब्याज उठाउन नसक्दा पनि पुससम्म बैंकले ७३ करोड ११ लाख रुपैयाँ वितरणयोय नाफा आर्जन गरेको छ । तर, गत आर्थिक वर्षको ६६ करोड ७० लाख रुपैयाँ सञ्चित नोक्सानीले पुस मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ मात्रै रहेको छ ।

चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुबैमा सुधार भएको छ । असार मसान्तमा एक खर्ब ७४ अर्ब ५ करोड ८० लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर दुई खर्ब ६ अर्ब २६ करोड १० लाख पुगेको छ ।

यस्तै बैंकको कर्जा कर्जा एक खर्ब ५३ अर्ब ६ करोड ७९ लाख रुपैयाँबाट एक खर्ब ७० अर्ब ७३ करोड दुई लाख रुपैयाँमा पुगेको छ ।

नाफा बढेसँगै प्रतिसेयर आम्दानी १७ रुपैयाँ तीन पैसाबाट २२ रुपैयाँ ५० पैसामा पुगेको छ । प्रति सेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा र मूलय आम्दनी अनुपात ९.०२ गुणा रहेको छ ।

यस्तै बैंकको पूँजीकोष १२.४९ प्रतिशतबाट ११.९८ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात २.८१ प्रतिशतबाट ४.०७ प्रतिशत पुगेको छ ।

पुसमा बैंकको सीडी रेसियो ८३.९२ प्रतिशत, आधार दर १०.३८ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २०८०, ७ माघ आईतबार  १२ : ३८ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,