२०८२, ४ कार्तिक सोमबार

एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक


काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ छ ।

गत वर्षको यस अवधिमा यस्तो नाफा तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ थियो । बैंकको मुख्य बिजनेस खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफा घटेको देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले पाँच अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।

त्यस्तै बैंकको लोन लस प्रोभिजन ४८ करोड रुपैयाँ छ । जबकि गत वर्षको दोस्रो त्रैमासमा बैंकले ४७ करोड ९६ लाख रुपैयाँ ‘राइट ब्याक’ गरेको थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा छ । गत वर्षको यस अवधिमा ५६ रुपैयाँ ७७ पैसा थियो ।

बैंकको निष्क्रिय कर्जा कुल कर्जामा १.१९ प्रतिशत छ, गत वर्षको दोस्रो त्रैमासमा यस्तो कर्जा ०.६१ प्रतिशत मात्रै थियो । त्यस्तै बैंकको सीडी रेसियो गत वर्षको पुस मसान्तसम्म ८३ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म ७७ प्रतिशतमा झरेको छ । यहीं अवधिमा बैंकको आधार दर ११ प्रतिशतबाट ९.६८ प्रतिशतमा झरेको छ ।

बैंकको औसत ब्याजदर अन्तर ९स्प्रेडदर० ३.९९ प्रतिशत छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा भने ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकले यसअघि मर्जर तथा प्राप्तिमा पाएको बार्गेन पर्चेज गेनवापत सरकारलाई ४४ करोड ४५ लाख रुपैयाँ बुझाउँदा पनि वितरणयोग्य नाफामा असर परेको छ ।

प्रकाशित मिति : २०८०, ७ माघ आईतबार  १२ : २८ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,