२०८२, २८ असार शनिबार

साउथ फिल्म ‘हनुमान’ र हलिउडको ‘बिकिपर’ हलमा रिलिज

साउथ फिल्म ‘हनुमान’ र हलिउडको ‘बिकिपर’ हलमा रिलिज


काठमाडौं । नेपाली हलमा विदेशी फिल्मको दबदबा जारी रहँदा हिजो ‘हनुमान’ र ‘द बिकिपर’ रिलिज भएका छन् ।

प्रशान्त बर्मा निर्देशित ‘हनुमान’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । तेजा सिज्जा स्टारर यो एक्सन–एड्भेन्चर ड्रामालाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गरेको हो ।

अन्जान्दरी नामक एक काल्पनिक थलोमा फिल्मको मुख्य पात्रले हनुमानबाट शक्ति प्राप्त गर्छ । त्यसपछि उसले अन्जान्दरीका लागि संघर्ष गर्छ । एक्सन फिल्ममा रुचि राख्नेका लागि यो फिल्म दर्शनीय हुनसक्छ ।

शुक्रबार नै नेपालमा प्रतीक्षित हलिउड फिल्म ‘द बिकिपर’ पनि रिलिज भएको छ । जेसन स्थाथम स्टारर यो एक्सन थ्रिलर फिल्मलाई डेभिडर आयरले निर्देशन गरेका हुन् ।

एक शक्तिशाली र गुप्त संगठनको पूर्वसञ्चालक बिकिपर भएको खुलासापछि बदलाको लागि एक क्रूर अभियान सञ्चालन हुन्छ । मुलुकलाई नै जोखिममा राखेर यो मिसन चलाइन्छ । यो फिल्म थ्रिलर कथावस्तुमा छ ।

अहिले पनि नेपालमा द मिल्लर, मेरी क्रिसमस, डंकी, सलार र आक्वाम्यान पनि प्रदर्शनरत छन् ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : २६ बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर