२०८२, २० श्रावण मंगलबार

राष्ट्रिय सभा निर्वाचनका लागि तयार मतपत्र सातै प्रदेशमा पुग्यो : आयोग

राष्ट्रिय सभा निर्वाचनका लागि तयार मतपत्र सातै प्रदेशमा पुग्यो : आयोग

मतदान समय बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयार गरिएको ३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्याएको छ । यही माघ ११ गते हुने निर्वाचनका लागि आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई सकेर प्रदेश कार्यालयमा पठाएको हो ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छपाई गरेर पठाएका हौं,’ आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले भने ।

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा मतपत्र छपाई गरेको उनले जानकारी दिए ।

जस अन्तर्गत कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु रहेका छन् ।

त्यसैगरी लुम्विनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४०, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरु रहेको आयोगले जनाएको छ ।

०८० फाल्गुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते सम्वन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदान हुँदैछ । निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको पदावधि ६ वर्षसम्मको हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ५ माघ शुक्रबार  ३ : १७ बजे

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आसन्न

नेपाललाई भूजडित बनाउने लक्ष्यस् ओलीले भारत–चीनसँग सहकार्यको खाका कोरे

आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आज

बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वको सरकारमा पाँच नयाँ अनुहार

हेटौंडा । बागमती प्रदेशमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न

प्रधानमन्त्री ओलीको सहभागितामा एलएलडिसी सम्मेलन सुरु

काठमाडौं । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजित भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो