२०८३, २० आश्विन बुधबार

स्यालको टोकाइबाट रौतहटमा एक दर्जन मानिस घाइते

स्यालको टोकाइबाट रौतहटमा एक दर्जन मानिस घाइते


काठमाडौं । रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन् ।

गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक दर्जन मानिसलाई घाइते बनाएको हो।

स्यालको टोकाई बाट ७० वर्षका महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन, ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी मनिषा कुमारी, ५५ वर्षकी उषा देवी ,२७ वर्षकी रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी, ३० वर्षकी बिना देवी, वर्ष ९ वर्षका श्रावण कुमार, ७२ वर्षका सिकीलावा देवी, ७० वर्षका जयल मुखिया लगायतलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताए ।

गढीमाई नगरपालिकाको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका माथि आक्रमण गरी घाइते बनाएको छ। घाइते मध्ये ६०की तेतरी खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि थप उपचारको लागि राति नै नेशनल मेडिकल वीरगन्ज पठाइएको डिएसपी खनालले जानकारी दिएका छन्।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाइएको थियो । घाइते मध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्। स्यालले जथाभाबी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

प्रकाशित मिति : २०८०, ५ माघ शुक्रबार  १२ : ०७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय