२०८२, २८ फाल्गुन शुक्रबार

रारामा ६ महिनामै ६ हजारभन्दा बढी पर्यटक

रारामा ६ महिनामै ६ हजारभन्दा बढी पर्यटक


मुगु । मुलुकका उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा आन्तरिक पर्यटक ६ हजार ५ सय ५७  र  सार्क तथा तेस्रो मुलुकबाट १ सय ५६ जना गरी ६ हजार ७ सय १३  पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन् ।

निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेका अनुसार दसैंतिहारको बिदामा पर्यटकको घुइँचो थियो । ‘चालु वर्षको ६ महिनामै  रारा आउने पर्यटकको संख्या वृद्धि हुनुले यो क्षेत्रको पर्यटकका लागि सुखद हो,’ उनले भने । चालु आर्थिक वर्षको ६  महिनामा पर्यटकसहित अन्य शुल्क गरि निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको छ ।

गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र तेस्रो मुलुकबाट १ सय ८३ पर्यटक आएका थिए ।कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमन अझ बढ्ने देखिएको छ ।निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुक एक हजार पाँच सय र तेस्रो मुलुकका पर्यटकबाट तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ ।

हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् । पर्यटन व्यवसायीहरूले भने सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन । रारा क्षेत्रमा पर्यटक आगमन बढे पनि बास बस्न सुविधायुक्त होटल भने बढेका छैनन् ।

भरपर्दो सडक, सुविधायुक्त बासको प्रबन्ध नहुँदा सास्ती हुने गरेको पर्यटकले गुनासो गर्दै आएका छन् । यसपटक जाडो मौसममा पनि रारामा पर्यटकको संख्या बढेको देखिन्छ । यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस ८  र विहान–दिउँसो माइनस ५ डिग्री सेल्सियससम्म पुग्ने रारा मौसम केन्द्रका निरीक्षक वास्मती रावलले बताए । रारामा यसपटक हिमपात सुरु भइसकेको छैन । सुरु भएपछि हिउँ खेल्न आउने पर्यटकहरु बढ्ने निकुन्जको अनुमान छ ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  ६ : १५ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा