२०८२, २० चैत्र शनिबार

बेलायतमा आज १४ वर्ष यताकै सबैभन्दा चिसो

बेलायतमा आज १४ वर्ष यताकै सबैभन्दा चिसो


काठमाण्डौ । बेलायतमा सन् २०१० जनवरी यताकै सबैभन्दा चिसो रात आज हुनसक्ने त्यहाँको मौसम विभागले बताएको छ । स्थानीय समय अनुसार आज राति स्कटल्याण्डका केही भागहरूमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको मौसमविद्ले बताएका बीबीसीले जनाएको छ ।

यसअघि त्यहाँको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको थियो । स्कटल्याण्ड र उत्तरी इङ्गल्याण्डमा यसअघि नै बाक्लो हिमपातका कारण विद्यालयहरू बन्द भइसकेको थियो । त्यस क्षेत्रमा पैदल यात्रा र गाडी सञ्चालनमा पनि समस्या छ ।

बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो । चिसोबाट जोखिममा रहेका वृद्धवृद्धा र बालबालिकालाई जोगाउन त्यहाँका अधिकारीहरुले आग्रह गरेका खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  १० : ५५ बजे

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र

लमजुङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते

लमजुङ । लमजुङको बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिका-७ उस्ता जाँदै गरेको एक

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को