२०८३, ७ कार्तिक शनिबार

दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार

दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार


काठमाडौं । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ । योनहाप समाचार एजेन्सीका अनुसार यो घटना बुसानमा भएको हो । विपक्षी नेता ली जे–म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए ।

मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा चक्कु प्रहार गरेका थिए । आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । समाचारमा जनाइए अनुसार अस्पताल पुर्‍याउँदासम्म उनी होसमै थिए । ली हाल दक्षिण कोरियाको संसद सदस्य छैनन् ।

उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने तयारी गरिरहेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् । उनी २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो । एजेन्सी

प्रकाशित मिति : २०८०, १७ पुस मंगलबार  २ : १४ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने