२०८२, ११ भाद्र बिहीबार

शेयर बजार लगातार तेस्रो दिन बढ्यो

शेयर बजार लगातार तेस्रो दिन बढ्यो


काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर आठ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

आज ३१ लाख ५७ हजार कित्ता शेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८०, २२ कार्तिक बुधबार  ५ : ५० बजे

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नेचीन भ्रमणबारे जानकारी दिने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको

सी चिनफिङले भारतसँग सम्बन्ध सुधार गर्न राष्ट्रपति मुर्मुलाई पत्र पठाए

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले भारतसँग सम्बन्ध सुधारको पहल

दूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको

आईटी क्षेत्रमा दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा

साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं । नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग