२०८२, २ चैत्र मंगलबार

इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ जनाको ज्यान गयो

इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ जनाको ज्यान गयो


उत्तरी इरानमा शुक्रवार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको आगलागीमा कम्तीमा २७ जनाको ज्यान गएको त्यहाँको न्यायपालिकाले जनाएको छ ।

‘लङ्गारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको ज्यान गएको छ र १२ जनालाई अस्पताल पुर्‍याइएको छ’, तेहरानबाट उत्तरमा गिलान प्रान्तको लङ्गारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटले प्रान्तीय मुख्य न्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ ।

आगलागीको कारण तत्काल थाहा नभए पनि सादेघीले अनुसन्धान जारी रहेको बताउनुभयो । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले बताएको छ ।

स्थानीय आईएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्यालो भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ ।

अगस्टमा तेहरानको ग्र्यान्ड बजारमा आगलागी हुँदा कैयौँ पसल जले पनि कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै सन् २०१७ जनवरीमा तेहरानमा १५ तलाको प्लास्को शपिङ सेन्टरमा आगलागी हुँदा १६ अग्निशमनकर्तासहित कम्तीमा २२ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८०, १७ कार्तिक शुक्रबार  ३ : ३६ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका