२०८३, २७ भाद्र आईतबार

भिजन लुम्बिनी ऊर्जाको आईपीओ खुल्यो

भिजन लुम्बिनी ऊर्जाको आईपीओ खुल्यो


काठमाडौं । सर्वसाधारणका लागि आजदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत मध्यम देखिन्छ । आयोजनाको अनुमति पत्र बहाल रहने अवधि भने अझै ३३ वर्ष रहेको छ ।

कम्पनीको मुख्य व्यवसाय नै सोही आयोजनाबाट विद्युत् उत्पादन गरेर नाफा कमाउने हो ।

आयोजनाको पावरहाउस तथा टेलरेसतर्फको काम ९६ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।४६ वर्ष रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२।१४ वर्ष रहेको छ ।

कस्ता छन् वित्तीय सूचक ?

आयोजनाबाट विद्युत् उत्पादन नभए पनि कम्पनीले विद्युतीय क्षेत्रका अन्य कार्यबाट नाफा कमाएको विवरण देखाएको छ ।

गत असारसम्मको अपरिस्कृत वाषिर्क वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८१ पैसा छ । सो अवधिसम्म कम्पनीले ६ लाख ८ हजार रुपैयाँ बराबर रकम सञ्चित नाफा रहेको आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ ।

त्यस्तै असारसम्म प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७७ पैसा छ । यस आर्थिक वर्षको अन्त्यमा कम्पनीले प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा रहने र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १४ पैसा रहने अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ९ : ०४ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।