२०८२, २ चैत्र मंगलबार

अबदेखि भिजिट भिसामा ओमान गएकाहरूले काम गर्ने भिसा लगाउन नमिल्ने

अबदेखि भिजिट भिसामा ओमान गएकाहरूले काम गर्ने भिसा लगाउन नमिल्ने


काठमाण्डौ । भिजिट भिसामा गएकाहरूले ओमानमा भिसा परिवर्तन गरी काम गर्ने भिसा लगाउन नमिल्ने भएको छ ।

गएको अक्टोबर ३१ देखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने निर्णय त्यहाँको सरकारले गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यसअघि भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने भएका हुन् ।

दूतावासले सूचना जारी गर्दै भनेको छ ‘भिजिट भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागू भएको छ, कसैले भिजिट भिसामा ओमान पठाउन खोजेमा सचेत हुनुहोस् ।’

दूतावासले काम पाउने आसमा भिजिट भिसामा नआउन सबैलाई आग्रह गरेको छ । घुम्ने पर्यटकका लागि भिजिट भिसा जाने हुने र त्यो प्रयोजनमा आएका विदेशी नागरिकले अब भिसा परिवर्तन गरेर पहिलेजस्तो काम गर्न पाउँदैनन् ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ६ : ०८ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका