२०८२, १३ फाल्गुन बुधबार

साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद

साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचनको विवाद चर्किएको छ । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली गरेको आरोप लगाएका छन् ।

उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शुन्य देखाएपछि मत परिणाममा प्रश्न उठाइएको हो ।

काठमाडौंबाट ८०० बढी मत खसेको थियो । उम्मेदवार पौडेल स्वयंमले काठमाडौंबाट दिएका थिए । तर उनको मत शून्य देखाएपछि निर्वाचन परिणाममा प्रश्न उठेको हो ।

आफ्नो मत शून्य आएपछि उपाध्यक्षका उम्मेदवार डा। पौडेलले साइबर व्यूरोमा निवेदन दिएका छन् ।

एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङका लागि भेरो भोटिङ प्रयोग गरिएको थियो । महासचिवका उम्मेदवार बुद्धि सुवेदीले कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए ।

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको उनको दाबी छ ।

प्रकाशित मिति : २०८०, ३ कार्तिक शुक्रबार  ४ : २९ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली