२०८३, ९ बैशाख बिहीबार

गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल

गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल


काठमाण्डौ । इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । इजरायलका राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै लडिरहेको बताउनु भएको छ ।

यस्तै, उहाँले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्नु आफूहरुको उद्देश्य रहेको बताउनु भएको सीएनएनले जनाएको छ ।

हमासलाई समाप्त पार्न जे गर्न पछि नपर्ने उहाँको भनाइ छ ।  हमास माथिको आक्रमण पछि गाजा क्षेत्रमा कसको शासन चल्छ भन्ने प्रश्नमा उहाँले युद्ध पछिको कुरा आफूले अहिले भन्न नसक्ने बताएका खबरमा उल्लेख छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रलाई कब्जामा लिए त्यो इजरायलका लागि गलत हुने प्रतिक्रिया दिनु भएको थियो । उहाँको यो अभिव्यक्ति पछि इजरायलको प्रतिक्रिया आएको हो ।

इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।
 

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  १२ : ३० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले