२०८३, ३० जेष्ठ आईतबार

दसैँ बिदामा पनि अदालत खुल्ने, यी हुन् सर्वोच्चमा जिम्मेवारी तोकिएका न्यायाधीशहरू

दसैँ बिदामा पनि अदालत खुल्ने, यी हुन् सर्वोच्चमा जिम्मेवारी तोकिएका न्यायाधीशहरू


काठमाडौँ । दसैँ बिदामा पनि सर्वोच्च लगायतका अदालतहरू खुल्ने भएका छन् । केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुनेछ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् ।

सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत सार्वजनिक गरेको छ । सर्वोच्च अदालत प्रशासनले तोकेको जिम्मेवारी अनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् ।

असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । सर्वोच्चले कात्तिक २ गतेको जिम्मेवारी न्यायाधीश मनोजकुमार शर्मालाई दिएको छ ।

कात्तिक ३ गते बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न नहकुल सुवेदीलाई जिम्मेवारी दिइएको छ भने कात्तिक ४ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउतलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ ।

कात्तिक ८ गते हरिप्रसाद फुयाँललाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ९ गते कुमार रेग्मीले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । कात्तिक १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले सुनुवाइ गर्नेछन् भने कात्तिक ११ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक १२ गतेबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  १० : ४० बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा