२०८३, ११ कार्तिक बुधबार

दसैँ बिदामा पनि अदालत खुल्ने, यी हुन् सर्वोच्चमा जिम्मेवारी तोकिएका न्यायाधीशहरू

दसैँ बिदामा पनि अदालत खुल्ने, यी हुन् सर्वोच्चमा जिम्मेवारी तोकिएका न्यायाधीशहरू


काठमाडौँ । दसैँ बिदामा पनि सर्वोच्च लगायतका अदालतहरू खुल्ने भएका छन् । केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुनेछ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् ।

सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत सार्वजनिक गरेको छ । सर्वोच्च अदालत प्रशासनले तोकेको जिम्मेवारी अनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् ।

असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । सर्वोच्चले कात्तिक २ गतेको जिम्मेवारी न्यायाधीश मनोजकुमार शर्मालाई दिएको छ ।

कात्तिक ३ गते बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न नहकुल सुवेदीलाई जिम्मेवारी दिइएको छ भने कात्तिक ४ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउतलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ ।

कात्तिक ८ गते हरिप्रसाद फुयाँललाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ९ गते कुमार रेग्मीले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । कात्तिक १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले सुनुवाइ गर्नेछन् भने कात्तिक ११ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक १२ गतेबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार  १० : ४० बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका