२०८३, ११ कार्तिक बुधबार

नेपाल टेलिकमको दशैँ अफर : ३० जीबी डाटा ३ सय ९९ रुपैयाँमै, रिचार्जमा बोनस

नेपाल टेलिकमको दशैँ अफर : ३० जीबी डाटा ३ सय ९९ रुपैयाँमै, रिचार्जमा बोनस


काठमाण्डौ । नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ । दशैँका लागि यो अफर भोलि ९२०८० असोज २८० देखि प्रारम्भ हुनेछ र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने एक सय मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने छ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १ सय ९९ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २ सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३ सय ९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधी तोकिएको यो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ । यस अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन एक जीबीका दरले चलाउन सकिने गरी दुई जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी पाँच सय र सो भन्दा बढी रकमको रिचार्ज ग

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  ५ : १६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा