२०८२, २४ कार्तिक आईतबार

इजरायलबाट फर्कन चाहने बाँकी नेपालीलाई पनि स्वदेश ल्याउने प्रक्रिया शुरु

इजरायलबाट फर्कन चाहने बाँकी नेपालीलाई पनि स्वदेश ल्याउने प्रक्रिया शुरु


काठमाडौं । इजरायलबाट स्वदेश फर्काउन बाँकी रहेकालाई पठाउन प्रक्रिया शुरु भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले विज्ञप्ति निकालेर नेपाल फर्कन चाहनेको सङ्ख्या अझै दुई सय जनाभन्दा धेरै रहेको र उनीहरुलाई स्वदेश फर्काउन सहजीकरण गर्ने प्रक्रिया शुरु भएको जनाएको हो । दूतावासका अनुसार नेपाल फर्कन चाहनेहरुले अनलाइनमार्फत् विवरण भर्ने क्रम पनि चलिरहेको छ ।

यस्तै, प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर घाइते भएर इजरायलमै उपचार गराइरहेका तीन जनामध्ये एक जना डिस्चार्ज हुने क्रममा छन् । अर्का दुई जना घाइतेको भने उपचार भइरहेको छ । घाइतेमध्ये एक जना डिस्चार्ज भएर बिहान स्वदेश फर्किसकेका छन् ।

यस्तै, दूतावासका अनुसार हराइरहेका विपीन जोशीको खोजीलाई तीव्रता दिन इजरायल सरकारलाई फेरि आग्रह गरिएको छ । हमासको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव नेपाल ल्याउन इजरायलको नियम तथा प्रक्रिया अनुसार काम भइरहेको पनि इजरायलमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले इजरायलमा रहेका नेपालीलाई संयम भएर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न फेरि पनि आग्रह गरेको छ । इजरायलबाट २ सय ५४ जना आज बिहान स्वदेश फर्किसकेका छन् ।

बाँकी रहेका र नेपाल आउन चाहेकालाई पनि छिट्टै ल्याइने परराष्ट्रमन्त्री एनपी साउदले बताउनु भएको छ । उहाँले नियमित उडानमार्फत् पनि नेपालीलाई स्वदेश फर्काइने बताउनु भएको छ ।

प्रकाशित मिति : २०८०, २६ आश्विन शुक्रबार  २ : ०३ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।